अपर तामाकोशीको हकप्रद प्रक्रिया अघि बढ्यो, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाएको छ ।

यसैक्रममा, कम्पनीले नागरिक लगानी कोषलाई विक्री प्रबन्धक र सनराइज क्यापिटललाई विक्री सह–प्रबन्धकमा नियुक्त गरेको हो।

आइतबार नागरिक लगानी कोष र अपर तामाकोशी बीच हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कोषले आफू मुख्य निष्कासन तथा विक्री प्रबन्धक भई सनराइज क्यापिटललाई सह(निष्कासन तथा विक्री प्रबन्धकका रूपमा नियुक्त्त गरेको हो।

अपर तामाकोशीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १स्१ अनुपातमा हकप्रद निष्काशन गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

 

चक्रपथमा ७५ बिजुली बस चलाउने तयारी, सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढ्यो Read Previous

चक्रपथमा ७५ बिजुली बस चलाउने तयारी, सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढ्यो

विजय र नयाँ सारथी लघुवित्त बीच मर्जर सम्झौता Read Next

विजय र नयाँ सारथी लघुवित्त बीच मर्जर सम्झौता