माया खोला हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आज (बिहान १० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवि नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का वासिन्दालाई ६ लाख कित्ता छुट्याइएको छ । बाँकी ४ लाख कित्तामा चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेख गरिएका बाहेकका वडाका बासिन्दाले आवेदन दिन पाउँछन् ।

त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको आइपीओमा पुस ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएकाले अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रभु बैंक, नेपाल एसबीआइ बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ।

त्यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयका साथै मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

भगवती हाइड्रोपावरले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन Read Previous

भगवती हाइड्रोपावरले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

भैरहवा भन्सारबाट पास भएको भारतीय ट्रक प्रहरी नियन्त्रणमा Read Next

भैरहवा भन्सारबाट पास भएको भारतीय ट्रक प्रहरी नियन्त्रणमा