भगवती हाइड्रोपावरले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अंकित मूल्यमा प्रिमियम थपेर साधरण सेयर(आइपीओ) निष्काशन गर्ने भएके छ ।

कम्पनीले १६ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता ११६ रुपैयाँका दरले १६ करोड ५८ लाख रुपैयाँ ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

अधिकांश हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँमै आइपीओ जारी गर्दै आएका छन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

पुस भित्र ३० हजार टन मल ल्याइने Read Previous

पुस भित्र ३० हजार टन मल ल्याइने

माया खोला हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ? Read Next

माया खोला हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?