२६ चालकको लाइसेन्स खारेज गर्न पठाइयो, एक जनाले ३८ पटकसम्म नियम तोडे

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ जनाको सवारी चालक अनुमति पत्रहरू निलम्बनका लागि यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ ।

प्रहरी कार्यालयले बुधबार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो ।

निलम्बनका लागि पठाइएका मध्ये एक जना चालकले ३८ पटक सम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह(प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले बताए ।

नागढुंगा-नौबिसे सुरुङमार्गको ३६५८ मिटर सुरुङ खनियो, अब कति बाँकी छ ? Read Previous

नागढुंगा-नौबिसे सुरुङमार्गको ३६५८ मिटर सुरुङ खनियो, अब कति बाँकी छ ?

अब प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई १ लाख जरिवाना गरिने Read Next

अब प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई १ लाख जरिवाना गरिने