तारा एयरको जहाजमा चरा ठोक्कियो

काठमाडौं । हुम्लामा तारा एयरको कार्गो जहाजसँग चरा ठोक्किएको छ । नेपालगञ्जबाट १२:४५ बजे हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग दिउँसो करिब १ बजेतिर चरा ठोक्किएको हो ।

चरा ठोक्किँदा जहाजको अगाडिको भागमा क्षति पुगेको छ । चरा ठोकिए पनि जहाज सुरक्षित रुपमा अवतरण गरेको छ ।

जहाजमा दुई पाइलट र एक जना एयर होस्टेजसहित ३ जना थिए ।

ठेक्का अलपत्र पार्ने ८ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, सोधियो ७ दिने स्पष्टीकरण Read Previous

ठेक्का अलपत्र पार्ने ८ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, सोधियो ७ दिने स्पष्टीकरण

अघि बढ्यो पाँचखाल सेज निर्माण, रुख कटान सुरू Read Next

अघि बढ्यो पाँचखाल सेज निर्माण, रुख कटान सुरू