मेगा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । मेगा बैंक नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभा प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज तोकेको छ । भोलि धान्य पूर्णिमा/उभौली पर्व कारण सार्वजनिक बिदा रहेकाले आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७९ प्रतिशत नगद गरी कुल ७.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले सो लाभांश पारित गर्न पुस ७ गते १२ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

बैंकको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

बाराही हाइड्रोपावरको आइपीओ खुल्यो, कति भर्न पाइन्छ ? Read Previous

बाराही हाइड्रोपावरको आइपीओ खुल्यो, कति भर्न पाइन्छ ?

सुपर माइ हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ? Read Next

सुपर माइ हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?