बाराही हाइड्रोपावरको आइपीओ खुल्यो, कति भर्न पाइन्छ ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज (कार्यालय समय) देखि प्राथमिक साधरण सेयर आइपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गरेको हो । सोमध्ये ५ प्रतिशत (२७ हजार कित्ता) सेयर सामूहिक लगानी कोषहरु र २ प्रतिशत (११ हजार ८० कित्ता) सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

गाडीसहित ४ वस्तुको आयात प्रतिबन्ध हट्यो Read Previous

गाडीसहित ४ वस्तुको आयात प्रतिबन्ध हट्यो

मेगा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

मेगा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन