काठमाडौं । सरकारले गत वैशाखदेखि लगाइएको सवारीसाधनसहित ४ वस्तुकाे आयात प्रतिबन्ध फुकुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुसदेखि लागू हुनेगरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
विदेशी मुद्राको संचिति घटेको भन्दै सरकारले २०७८ वैशाख १४ गतेदेखि कार, जीप, भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३०० अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन, तयारी मदिरासहित १० वस्तुकाे आयातमा प्रतिबन्ध लगाएको थियो ।
सरकारले भदौ १४ गते कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात खुलाए पनि गाडी, मदिरा मोबाइल र मोटरसाइकलको प्रतिबन्ध लम्ब्याएको थियो ।
प्रतिबन्ध हटाएसँगै अब कार, जीप लगायत चारपांग्रे गाडी, १५० सीसीभन्दा माथिको मोटरसाइकल लगायत वस्तुकाे आयातको बाटो खुलेको छ ।
विदेशी मुद्रा संचितिमा ठूलो सुधार नभए पनि सरकारको आम्दानीको मुख्य स्रोत राजस्व संकलनमा ठूलो गिरावट भएपछि सरकार बाध्य भएर आयात खुलाएको बताइएको छ ।