जलवायु परिवर्तनको असर, बाढीले पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब डलरको क्षति

इस्लामावाद । पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ ।

उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन् ।

पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ बन्ने गरेको मन्त्रीले यहाँ आयोजित राष्ट्रिय बाढी प्रतिक्रिया केन्द्रको कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

इकबालले सामाजिक सहयोगबाट सरकारले बाढीको सङ्कटबाट अधिकांश आफ्नै स्रोतसाधनले बाहिर उम्कन सफल भएको यद्यपि चुनौती अझै समाप्त नभएको बताउँदै अन्तरराष्ट्रिय समुदाय र परोपकारीहरुलाई बाढीपीडितलाई सहयोग जारी राख्न आग्रह गरेका छन् ।

उनले सरकारले पाकिस्तानलाई जलवायु प्रतिरोधी देश बनाउने खाका तयार पारेको बताउँदै अन्तरराष्ट्रिय समुदायमा पनि यो ढाँचा प्रस्तुत गरिने बताए ।

अर्थतन्त्र जोगाउन शीर्ष नेतालाई महासंघको आग्रह Read Previous

अर्थतन्त्र जोगाउन शीर्ष नेतालाई महासंघको आग्रह

नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी