काठमाडौं । काठमाडौं महानगरले लोकसेवा आयोगको वैकल्पिक सूचीम नाम निस्किएका इन्जिनीयरहरुलाई करामा नियुक्त गर्ने भएको छ ।
महानगरले मंगलबार सूचना जारी गर्दै आयोगको वैकल्पिक छनोट भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियरलाई करामा नियुक्त गर्ने जानकारी गराएको हो ।
महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्दा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ ।
अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल, आर्किटेकट, इलेक्टिकल र स्ट्रक्चर इन्जिनियरलाई ७ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरेको छ।
महानगरको सूचना अनुसार आठौं दिनदेखि निवेदन दिने उम्मेदवारहरु मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने उल्लेख रहेको छ। लोकसेवाको प्रवेश पत्रको प्रतिलिपि, स्नातक पास गरेको प्रमाण र निवेदन पेश गर्न आग्रह गरेको छ।
