मार्जिन कारोबारको लागि ३३ कम्पनी मात्र योग्य (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरु मध्येमा करिब १३ प्रतिशत कम्पनीहरु मात्र मार्जिन कारोबारका लागि योग्य रहेका छन् । नेप्सेले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरुको सूचीमा ३३ कम्पनीको नाम सार्वजनिक गरेको हो ।

 

हाल नेप्सेमा २४४ कम्पनीहरु सूचीकृत छन् । नेप्सेले सार्वजनिक गरेको योग्य कम्पनीको सूचीमा १२ वटा मात्र वाणिज्य बैंक रहेका छन् । त्यस्तै, ७ विकास बैंक, ९ लघुवित्त कम्पनी, ३ जलविद्युत, एक होटल र एक अन्य समूहका कम्पनी रहेका छन् ।

 

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा कम्तिमा १० हजार शेयरधनी भएको, खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनी हुनु पर्दछ ।

 

यस्तै, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीको शेयर मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ ।

 

सोही व्यवस्था बमोजिम रहेका कम्पनीहरुको शेयर आर्थिक वर्ष २०७६/७७ का लागि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।

 

हालसम्म मार्जिन कारोबार सुविधा प्रदान गर्नको लागि नेप्सेबाट २१ वटा धितोपत्र दलाल व्यावसायी (ब्रोकर)हरुले अनुमती लिइसकेका छन । अनुमती पाएका केही ब्रोकरहरुले मार्जिन कारोबार समेत शुरु गरिसकेका छन् ।

 

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी Read Previous

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

१७ लाखलाई रोजगारी दिएका साना तथा मझौला उद्योगलाई वित्तीय स्रोत जुटाउनै कठिन Read Next

१७ लाखलाई रोजगारी दिएका साना तथा मझौला उद्योगलाई वित्तीय स्रोत जुटाउनै कठिन