एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै संघको नवौँ विश्वसम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि दुई कार्यकाल एनआरएनएको आईसिसि उपाध्यक्ष बनिसकेका छन् ।

 

विजयी पन्तले कुल १ हजार २ सय १७ मत ल्याउँदा प्रतिस्पर्धी आचार्य १ हजार ७० मत ल्याएका छन् । बिहिबार भएको मतदानमा कुल २ हजार ३ सय ४१ मत खसेको थियो ।

 

उपाध्यक्षहरूमा बद्री केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ, रविना थापा र मन केसी निर्वाचित भएका छन्। महासचिवमा डा. हेमराज शर्मा निर्वाचित भएका छन् भने सचिवमा गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन्। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्। निर्वाचन समितिले  आधिकारीक परिणाम भने सार्वजनिक गरिसकेको छैन ।

 

तीन दिन अघि राष्ट्रपती विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी थिइन । सुरुमा इलेक्ट्रोनिक भोटिङ गर्ने तयारी भएपनि बुधबार  विवाद भएपछि बिहिबार  कागजी मतदान भएको थियो ।

 

इलेक्ट्रोनिक मतदानमा विवाद भएपछि केही प्रतिनिधि मतदाननै नगरी फर्केका थिए ।

निगमको ओसाका उडान उत्साहजनक, यात्रुको संख्या बढ्दै Read Previous

निगमको ओसाका उडान उत्साहजनक, यात्रुको संख्या बढ्दै

मार्जिन कारोबारको लागि ३३ कम्पनी मात्र योग्य (सूचीसहित) Read Next

मार्जिन कारोबारको लागि ३३ कम्पनी मात्र योग्य (सूचीसहित)