काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंसिर १९ गते बसेको बैठकले सेयरधनीलाई १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको यो लाभांश पछिल्लो १० वर्ष यताकै कम हो । बैंकले यसअघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सबैभ्न्दा कम १३ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।