काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको मंसिर १९ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्स आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।