अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थमन्त्री जनार्दन शर्मालाई मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वय गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएको थियो ।

अर्थमन्त्रीसँगको भेटवार्ताको क्रममा महासङ्घका अध्यक्षले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजी क्षेत्र सङ्कुचित हुँदै गएको बताए।

प्रत्यक्षअप्रत्यक्ष रुपमा बजारलाई नियन्त्रण गर्न सुरु भएको करिब एक वर्षको अवधिमा बहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रीय बैंकले अर्थतन्त्र जोगाउन विभिन्न सुुझाव पेश गरेको छ । निजी क्षेत्रको लगानी सङ्कुचित भएर राजस्व निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागू भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको छ ।

सो अवसरमा अवसरमा अर्थमन्त्री शर्माले महासङ्घले अर्थतन्त्रको जोखिम कम गर्न सुधारका लागि गरेको निरन्तरको पहललाई आफूले निकै सकारात्मक रुपमा लिएको बताए । अर्थमन्त्रीले सरकार पनि यसमा गम्भीर रहेकाले महासङ्घले दिएको सुझावअनुसार नै सरकार, केन्द्रीय बैंक र निजी क्षेत्र सहकार्य गरी अगाडि बढ्न मन्त्रालयको सहयोग रहने विश्वास दिलाएका थिए ।

थप दुई कम्पनीको सेयर कारोबार फुकुवा Read Previous

थप दुई कम्पनीको सेयर कारोबार फुकुवा

पर्यटकलाई लक्षित गर्दै सम्पदास्थलमा साझाका ५ बस सञ्चालन गरिँदै Read Next

पर्यटकलाई लक्षित गर्दै सम्पदास्थलमा साझाका ५ बस सञ्चालन गरिँदै