थप दुई कम्पनीको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले थप दुई कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

प्रभु इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको अजोडले कारोबार फुकुवाका लागि निवेदन दिएसँगै नेप्सले कम्पनीको साधरण सेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले नेपाल धितोपत्र बोर्डले गत महिना जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने व्यवस्था छ ।

यसैगरी, सेयर कारोबार भइरहेकै समयमा बोर्ड बैठक बसी गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरी सेयर मूल्यमा चलखेल गरिएको भन्दै मंसिर ६ गतेदेखि रोक्का भएको रिडी पावरको सेयर कारोबार फुकुवा भएको छ ।

नेप्सलेलाई सो विषयमा कम्पनीसँग स्पष्टीकरण समेत सोधेको थियो । कम्पनीले सो सम्बन्धमा भुलबस समय अन्यथा हुन पुगेको र आगामी दिनमा त्यस्ता कमीकमजोरी नगर्ने प्रतिबद्धता जनाउँदै माफी मागेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

कारोबार फुकुवा भएसँगै सोमबारदेखि दुवै कम्पनीको साधरण सेयर कारोबारमा आउने छ ।

चितवनका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा Read Previous

चितवनका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई महासंघको आग्रह Read Next

अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई महासंघको आग्रह