मेगा बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले

काठमाडौं। मेगा बैंकले आफ्नो ९औं वार्षिक साधारणसभा कात्तिक २९ गतेलाई आह्वान गरेको छ । साधरण सभा बिहान ११ः३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा शुरु हुनेछ ।

 

बैंकले साधरण सभामा गत आर्थिक वर्षको नाफाबाट ११.७५ प्रतिशत लाभांश अनुमोदन र मर्जर मुख्य एजेण्डा लैजाने भएको छ ।बैंकले गत वर्षको कमाईबाट १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ नगद वितरण गर्न लागेको हो ।

 

यसैगरी बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभामा लैजाँदै छ ।

 

बैंकले साधारणसभा प्रयोजनको लागि कात्तिक २१ गते बुक क्लोज गर्न भएको छ। कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले नगद लाभांश प्राप्त गर्न सक्ने छन्।

 

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३८ लाख रुपैयाँ छ। जगेडा कोषमा १ अर्ब ८४ करोड रुपैयाँ छ।

टेलिकमको अटम अफर: १० रुपैयाँमा १०० मिनेट भ्वाइस कल Read Previous

टेलिकमको अटम अफर: १० रुपैयाँमा १०० मिनेट भ्वाइस कल

निगमको ओसाका उडान उत्साहजनक, यात्रुको संख्या बढ्दै Read Next

निगमको ओसाका उडान उत्साहजनक, यात्रुको संख्या बढ्दै