काठमाडौं । एनआइसी एशिया बैंकले डिजिटल बैंकिङको पबद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।
यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी विश्वकपका खेलहरूको सही विजेता अनुमान गर्ने ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५०० देखि २००० रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।
साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ । २० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको एनआइसी एशिया बैंकको एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ ।
जसको आधारमा ग्राहकले प्रत्येक खेल सुरू हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् । काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहक र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।
एनआइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।