काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको मंसिर १६ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्स आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।