मार्जिन सम्बन्धी व्यवस्था परिमार्जन, अब यी वस्तुको एलसी खोल्दा नगद राख्न नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद मार्जिन सम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ । राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक र विकास बैंकहरूलाई परिपत्र गर्दै नगद मार्जिन सम्बन्धी व्यवस्थामा परिमार्जन गरिएको जानकारी गराएको हो ।

राष्ट्र बैंकले हार्मेनिक कोड ६८ अन्तर्गतका वस्तुहरू आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको हो । हार्मेनिक कोड ६८ अन्तर्गत पत्थर, प्लाष्टर, सेरामिक, सिमेण्ट, एस्बेस्टोस, अबरख, काँच, काँचका वस्तुहरू लगायत पर्दछन् ।

राष्ट्र बैंकले गत पुस ५ गतेदेखि यी वस्तुहरू आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।यससँगै अब मार्बल, काँच लगायत वस्तुहरू आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने छैन ।

यसैगरी, राष्ट्र बैंकले सार्वजनिक खरिद कानून लागू हुने निकायहरूले सार्वजनिक निकायहरूले सार्वजनिक खरिद कानूनअन्तर्गत बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धित सार्वजनिक निकायलाई आपूर्ति गर्ने समान आयात गर्दा समेत नगद मार्जिन राख्नु नपर्ने व्यवस्था छ ।

 

उपत्यकामा गुड्ने अधिकांश सार्वजनिक सवारी प्रदूषण परीक्षणमा फेल Read Previous

उपत्यकामा गुड्ने अधिकांश सार्वजनिक सवारी प्रदूषण परीक्षणमा फेल

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण हुँदै, लागत ३.१ अर्ब Read Next

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण हुँदै, लागत ३.१ अर्ब