विश्वका ठूला सहरमा ‘कस्ट अफ लिभिङ’ ८.१% बढ्यो, यी हुन् विश्वका १० महँगा सहर

काठमाडौं । अमेरिकाको न्यूयोर्क र एशियाली मुलुक सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर बनेका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआइयू)ले गरेको सर्भे अनुसार यी दुवै शहर विश्वकै सबैभन्दा महँगा सहर बनेका हुन् ।

अमेरिकाले पछिल्लो ४० वर्ष यताकै उच्च मुद्रास्फीति व्यहोरेकाले न्यूयोर्क विश्वकै महँगो सहर बन्न पुगेको हो । गत वर्ष इजरायलको तेल अभिभ विश्वकै महंगो शहरको पहिलो नम्बरमा थियो।

ईआइयूले विश्वका १७३ शहरमा अमेरिकी डलरलाई आधार बनाएर गरेको मूल्यांकनका आधारमा विश्वका महँगा सहरहरु घोषणा गर्ने गरेको छ ।

गत वर्ष विश्वकै महँगो बनेको तेल अभिभ यस वर्ष तेस्रो स्थानमा पुगेको छ । त्यसैगरी, विश्वका महँगा सहरको सूचीमा हङकङ, लस एन्जेलस, जुरिच, जेनेभा, सान फ्रान्सिसको, पेरिस, सिड्नी र कोपेन्हेगन क्रमशः शीर्ष दशमा रहेका छन् ।

यसपटकविश्वका ठूला शहरहरुमा अधिकतम ‘कस्ट अफ लिभिङ’ ८.१ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।यो पछिल्लो २० वर्ष यताकै उच्च हो ।

रिपोर्ट अनुसार कोभिड प्रभाव, रुस–युक्रेनमा युद्ध र आपूर्ति शृङ्खलाहरूमा कोभिडको प्रभावका कारण विश्वका ठूला सहरहरुमा ‘कस्ट अफ लिभिङ’ बढेको हो ।

संसारका धेरै देशहरू जीवनयापनको लागतको संकटसँग जुधिरहेका छन् । इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ । जसले दैनिक उपभोग्य वस्तु र खाद्यान्नको मूल्य पनि बढाएको छ ।

ईआइयूले विश्वभरका १७३ शहरहरूमा २०० भन्दा बढी वस्तु र सेवाहरूको मूल्यहरू ट्र्याक गरेर कस्ट अफ लिभिङ निकाल्ने गर्छ ।

यो वर्ष मुद्रमस्फीति इस्तानबुलमा ८६ प्रतिशत माथि पुगेको छ । त्यस्तै, मुद्रास्फीति ब्यूनस आयर्समा ६४ र तेहरानमा ५७ प्रतिशत पुगेको छ ।

८ लेनको बनाइँदै कलंकी-महाराजगञ्ज सडक, १५ दिन भित्र संचरना हटाउन निर्देशन Read Previous

८ लेनको बनाइँदै कलंकी-महाराजगञ्ज सडक, १५ दिन भित्र संचरना हटाउन निर्देशन

गाडी आयात खुलाउन माग गर्दै अटो व्यवसायीद्धारा आन्दोलन घोषणा Read Next

गाडी आयात खुलाउन माग गर्दै अटो व्यवसायीद्धारा आन्दोलन घोषणा