८ लेनको बनाइँदै कलंकी-महाराजगञ्ज सडक, १५ दिन भित्र संचरना हटाउन निर्देशन

काठमाडौं । दोस्रो खण्डको चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तार प्रक्रिया अघि बढेको छ । हाल ४ लेनमा रहेको यस सडकखण्डलाई ८ लेनमा विस्तार गर्न लागिएको हो ।

चक्रपथ सुधार आयोजनाले कलंकीदेखि महाराजगञ्जसम्म सडक खण्डमा पर्ने आवश्यक संरचना हटाउन १५ दिनको समय दिएको छ ।

आयोजनाले एक सूचना जारी गर्दै सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुवैतर्फ ३१/३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना १५ दिन भित्र हटाउन भनेको हो ।

स्वयम्भू, ठूलो भर्याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलंकी सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो ।

तोकिएको समयभित्र संरचना नहटाए सरकारले आयोजनाले ती संरचनाहरु भत्काउने र भत्काउँदा लाग्ने खर्च संरचना धनीसँग असुल गर्ने जनाएको छ।

सडकमा रुख काट्ने, विद्युतका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम सकिएपछि आयोजनाले सडक खाली गराउन भनेको हो।

चीन सरकारको अनुदान सहयोगमा सो सडक विस्तार हुन लागेको हो। सडक बनाउन ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसअघि चक्रपथ पहिलो खण्ड (कोटेश्वर-कलंकी १०.३९ किमी) ८ लेनमा विस्तार भइसकेको छ  ।

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

विश्वका ठूला सहरमा 'कस्ट अफ लिभिङ' ८.१% बढ्यो, यी हुन् विश्वका १० महँगा सहर Read Next

विश्वका ठूला सहरमा 'कस्ट अफ लिभिङ' ८.१% बढ्यो, यी हुन् विश्वका १० महँगा सहर