काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर १६ गते बसेको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।