सुकुम्बासी बस्ती नहटाउन भूमि आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासहरूका बस्ती नहटाउन निर्देशन दिएको छ ।

आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरूका बस्ती असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ ‘लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्बासी बस्ती नहटाउन ।’

सुकुम्बासी तथा भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण लगायतका कामहरू निर्वाचन आचारसंहिताको कारण स्थगित भएको भए पनि अव तत्काल सुरू गरिने पनि आयोगले जनाएको छ ।

पोखरा-तराईको दूरी २३ किमी छोट्याउने पुल निर्माण सुस्त, ८ वर्षमा ४०% मात्र काम पूरा Read Previous

पोखरा-तराईको दूरी २३ किमी छोट्याउने पुल निर्माण सुस्त, ८ वर्षमा ४०% मात्र काम पूरा

सिभिल बैंकले थाल्यो डिजिटल सुदूरपश्चिम अभियान Read Next

सिभिल बैंकले थाल्यो डिजिटल सुदूरपश्चिम अभियान