अर्थतन्त्रको समस्या समाधान गर्न सरकारमा ‘सेन्स अफ अर्जेन्सी’ हुनुपर्छ : गगन थापा

काठमाडौं |नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारसंग सेन्स अफ अर्जेन्सी हुनुपर्ने बताएका  छन् |

आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार  राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले  मुलुकको अर्थतन्त्र  यथास्थितिमा नचल्ने भन्दै सरकारको आगामी नेतृत्वले सचेत हुनुपर्ने बताएका छन् ।

अर्थतन्त्र यथास्थितिमा चल्दैन,आपतकालीन अवस्था आउन सक्छ भन्ने रियलाइज गरेर काम गर्नुपर्ने अवस्था रहेको उनले बताए |

‘हामी निर्वाचनमा जसरी खटियौ, अबको नेतृत्वले अर्थतन्त्रमा त्यसैगरी काम गर्नुपर्छ उनले भने । मैले तर्साउन खोजेको होइन, उनले भने, तर, अर्जेन्सीलाई आगामी नेतृत्वले गहन गर्नुपर्छ ।’

सिमरा सेजमा ५ अर्ब लगानीमा २७ उद्योग खुल्दै Read Previous

सिमरा सेजमा ५ अर्ब लगानीमा २७ उद्योग खुल्दै

नीतिगत कडाइ कायमै राख्ने गभर्नरको सन्देश Read Next

नीतिगत कडाइ कायमै राख्ने गभर्नरको सन्देश