काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंसिर १४ गते बसेको बैठकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा १.०५ प्रतिशत कम हो । सो आवमा बैंकले ६.०५ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।