युनाइटेड इदी मार्दीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । युनाइटेड इदी मार्दी कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (मंसिर १६ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले सो लाभांश पारित गर्न मंसिर २८ गतेवार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा आभ्या क्लब घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

सेञ्चुरी कमर्शियल बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Previous

सेञ्चुरी कमर्शियल बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा सीधा उडान गर्दै Read Next

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा सीधा उडान गर्दै