नेप्सेमा झिनो गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । मंगलबार करिब ३ अंकले बढेको नेप्से आज ३ अंकले नै घटेको हो ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ करोडले घटेर ८४ करोडमा सीमित भएको छ ।

बुधबार नेप्से ३.५१ अंकले बढेर १९४९.८५ विन्दुमा आइपुगेको छ । यसदिन २३८ कम्पनीको ८४ करोड २६ लाख रुपैयाँ बढीको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापार बाहेक बाँकी सबै उपसमूहको परिसूचक घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.०९ प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४ करोड र नेष्डो लघुवित्त साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

न्यून अंकले बढेको बजारमा आज ग्रीन लाइफ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.१७ प्रतिशत कमाएका छन् । त्यस्तै, किसान लघुवित्त ४ प्रतिशत, रुरु जलविद्युत् ३.३१ प्रतिशत, बुद्धभूमि नेपाल र श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।

राजस्व तिरेको रसिदकै आधारमा सवारी हाँक्दै ७ लाख चालक, पाएनन् लाइसेन्स Read Previous

राजस्व तिरेको रसिदकै आधारमा सवारी हाँक्दै ७ लाख चालक, पाएनन् लाइसेन्स

निजी क्षेत्र माग्दै, राष्ट्र बैंक टार्दै Read Next

निजी क्षेत्र माग्दै, राष्ट्र बैंक टार्दै