काठमाडौं । नबिल बैंक र हुन्डाईको नेपालका लागि आधिकारिक वितरण लक्ष्मी इन्टरकन्टिनेन्टल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई संस्था बीच सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार हुन्डाईको विद्युतीय सवारीसाधन (ईभी) किन्न नबिल बैंकले सहुलियत ब्याजदरमा व्यक्तिगतलाई ८० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिनेछ।
लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न बैंकले ऋण उपलब्ध गराउने भएको हो ।
यस्तै, अन्य पेट्रोलियम पदार्थबाट चल्ने गाडी खरिद गर्न व्यक्तिगतलाई ५० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने बैंकले जनाएको छ।
हुन्डाईका विद्युतीय तथा कम्बस्चन कार किन्नेले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा सहज रुपमा कर्जा पाउने छन्। सबै काजगात पूरा गर्ने ग्राहकले ३ दिनमा ऋण पाउने जनाइएको छ । कर्जा अवधि ७ वर्षको रहने छ ।बैंकको अनुसार यो सुविधा नबिल बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ।