ठेक्का अलपत्र पार्ने १२ कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । सरकारले ठेक्का लिएर काम अलपत्र पार्ने १२ निर्माण तथा सप्लायर्स कम्पनीलाई कालोसूचीमा राखेको छ ।

ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै १२ सप्लायर्स तथा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि साढे २ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयले भारत सप्तकोशी जेभीलाई साढे २ वर्ष र हैग्रीभा/सिद्धि साइ प्रकाश जेभीलाई २ वर्षका लागि कालोसूचीमा राखेको छ । त्यसैगरी, हाइवे कन्स्ट्रक्शन, विधि बिल्डर्स, अनुकूल निर्माण सेवा लगायत १० कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउनेछैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिन भित्र हटाउन अल्टिमेटम Read Previous

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिन भित्र हटाउन अल्टिमेटम

हुन्डाईका विद्युतीय गाडी किन्न नबिल बैंकले ३ दिनमै ऋण दिने, ब्याजदर कति ? Read Next

हुन्डाईका विद्युतीय गाडी किन्न नबिल बैंकले ३ दिनमै ऋण दिने, ब्याजदर कति ?