अतिक्रमण गरी बनाइएका संरचना ३५ दिन भित्र हटाउन अल्टिमेटम

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो ।

उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ ।

प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत जनाएको छ ।

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो, १७५ रोपनी जग्गा सट्टाभर्ना दिने Read Previous

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो, १७५ रोपनी जग्गा सट्टाभर्ना दिने

ठेक्का अलपत्र पार्ने १२ कम्पनी कालोसूचीमा (नामसहित) Read Next

ठेक्का अलपत्र पार्ने १२ कम्पनी कालोसूचीमा (नामसहित)