काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । बुधबार ५ अंकले घटेको बजारमा आज झिनो सुधार देखिएको छ ।
सेयर बजार मापक सूचक नेप्से ०.७१ अंकले बढेर ११३७.७५ विन्दुमा पुगेको छ । आज १६० कम्पनीको १८ करोड २९ लाख ९४ हजार ९०५ रुपैयाँको कारोबार भएको छ । ९ लाख ९८ हजार कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १६० कम्पनीमध्ये ६४ कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका ११ वटा समूहमध्येमा ७ वटा समूहको सूचक उकालो लागेका छन् भने ४ वटा समूहको सूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा सूचक सबैभन्दा धेरै ३६.८६ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ०.७५ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड ९९ लाख ९८ हजार ८४९ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा मेगा बैंकको प्रमोटर सेयर र सनराइज बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । मेगाको १ करोड ५७ लाख र सनराइजको १ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सानिमा इक्विटी फन्डको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढेको छ भने महुली सामूदायिक लघुवित्त कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.२५ प्रतिशतले घटेको छ ।