सानिमा बैंकको २१ प्रतिशत लाभांश पारित

काठमाडौं । सानिमा बैंकले २१ प्रतिशत लाभांश पारित गरेको छ । बुधबार बसेको १५ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

 

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पछि चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुगेको छ।

 

गत आर्थिक वर्षमा २ अर्ब २६ करोड खुद मुनाफा, बैंकको कुल सम्पत्ति १ खर्ब ९ अर्ब, कुल निक्षेप ९२ अर्ब २८ करोड र खुद कर्जा ८३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

सहकारीबाटै ठगिँदै सेवाग्राही Read Previous

सहकारीबाटै ठगिँदै सेवाग्राही

सेयर बजारमा झिनो अंकको सुधार Read Next

सेयर बजारमा झिनो अंकको सुधार