सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको साधरण सेयर कारोबार फुकुवा भएको छ । कम्पनीले सोमबार सेयर कारोबार फुकुवा गर्न नेप्सेमा निवेदन दिएसँगै कारोबार फुकुवा भएको हो ।

साधरण सेयरको कारोबार फुकुवा भए पनि संस्थापक सेयरको भने कारोबार रोक्का नै कायम रहने छ । फुकुवा भएसँगै मंगलबारदेखि इन्स्योरेन्सको साधरण सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

सिद्धार्थ इन्स्योरेन्स हाल प्रिमियर इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । दुई कम्पनी बीच गत असार २७ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रियामा रहेका कम्पनीको सेयर बढीमा १५ दिन मात्रै रोक्का हुने व्यवस्था गरेसँगै पछिल्लो समय मर्जर प्रक्रियामा रहेका कम्पनीहरुको धमाधम सेयर कारोबार फुकुवा हुन थालेको छ ।

 

अर्थतन्त्रमा बाह्य दबाब कायमै, आयात खुकुलो बनाउन देखिएन लचकता Read Previous

अर्थतन्त्रमा बाह्य दबाब कायमै, आयात खुकुलो बनाउन देखिएन लचकता

५ महिनापछि सुरुङ हालियो मेलम्चीको पानी, एक हप्तामा काठमाडौं आइपुग्ने Read Next

५ महिनापछि सुरुङ हालियो मेलम्चीको पानी, एक हप्तामा काठमाडौं आइपुग्ने