नेप्सेमा झन्डै ३७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १४.५० प्रतिशत बोनस बापतको ३६ लाख ८२ हजार ७६१ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

अर्थतन्त्रमा बाह्य दबाब कायमै, आयात खुकुलो बनाउन देखिएन लचकता Read Next

अर्थतन्त्रमा बाह्य दबाब कायमै, आयात खुकुलो बनाउन देखिएन लचकता