नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । अघिल्ला दुई दिनमा ४४ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५३ करोडले घटेर डेढ अर्बमा सीमित भएको छ ।

सोमबार नेप्से १५.६१ अंकले घटेर १९५०.६१ विन्दुमा आइपुगेको छ । यसदिन २३६ कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँ बढीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.५१ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ७ करोड र शिवम् सिमेन्ट ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंक्ले घटेको बजारमा आज सिनर्जी पावरका सेयरधनीले सबैभ्न्दा धेरै ४.५६ प्रतिशत गुमाएका छन् । त्यस्तै, ओरेन्टल होटल ४.३१, जानकी फाइनान्स, आरएसडीसी लघुवित्त, ग्रीनलाइफ हाइड्रो, बुद्धभूमि नेपाल, सयपत्री हाइड्रो लगायत १ दर्जन कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

चाइना साउदर्नले ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै Read Previous

चाइना साउदर्नले ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै

नेप्सेमा झन्डै ३७ लाख कित्ता बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा झन्डै ३७ लाख कित्ता बोनस सेयर सूचीकृत