चाइना साउदर्नले ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै

काठमाडौं । चिनियाँ वायुसेवा प्रदायक कम्पनी चाइना साउदर्नले फेरि काठमाडौंमा नेपालमा नियमित उडान गर्ने भएको छ ।

एयरलाइन्सले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको हो ।

यो रुटमा सुरुमा ‘प्वाइन्ट टू प्वाइन्ट’ प्यासेन्जर मात्र बोक्ने र तत्काल ट्रान्जिट उडानका यात्रु नबोक्ने कम्पनीले जनाएको छ ।

एयरलाइन्सका अनुसार काठमाडौंमा दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० बजे ग्वाङझाउका लागि उड्ने छ ।

कम्पनीले १ वर्षपछि पुनः यो रुटमा उडान सुरु गर्न लागेको हो ।

प्राधिकरणको महत्वकांक्षी योजना, तराईमा ४ हजार मेगावाट खपत गर्ने प्रसारण सञ्जाल बनाउँदै Read Previous

प्राधिकरणको महत्वकांक्षी योजना, तराईमा ४ हजार मेगावाट खपत गर्ने प्रसारण सञ्जाल बनाउँदै

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी