इन्भेष्टमेन्ट बैंकले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । बैंकले पुस ७ गते ३६ औं वार्षिक साधारण सभा बोलाएको हो ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुकक्लोज तोकेको छ । सो अनुसार मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

खेती गर्ने जग्गा घटे पनि धानको उत्पादकत्व बढ्यो Read Previous

खेती गर्ने जग्गा घटे पनि धानको उत्पादकत्व बढ्यो

संकटमा अटो व्यवसाय : झण्डै ५ दर्जन शोरुम बन्द, गुम्दै रोजगारी Read Next

संकटमा अटो व्यवसाय : झण्डै ५ दर्जन शोरुम बन्द, गुम्दै रोजगारी