खेती गर्ने जग्गा घटे पनि धानको उत्पादकत्व बढ्यो

झापा । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व ४.८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । आव २०७७/७८ र आव २०७८/७९ मा वर्षे धानको उत्पादकत्व ४.८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७/७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो ।

गत वर्ष जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए ।

त्यस्तै, जिल्लामा आव २०७८/७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व ५.२ मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।रासस

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा Read Previous

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

इन्भेष्टमेन्ट बैंकले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज Read Next

इन्भेष्टमेन्ट बैंकले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज