काठमाडौं । हिमालयन डिस्ट्रीलरीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर ९ गते बसेको बैठकले सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २७ गते २२ औं वार्षिक साधरण सभा बोलाएको छ । उक्त सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि पुस २० गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।