नेशनल लाइफको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले आव २०७७/७८ को नाफाबाट वितरण गर्ने १५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयरमूल्य ५२१.७७ रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यका आधारमा बिहीबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले बुधबार कारोबार भएको अन्तिम मूल्य ५९९.८० रुपैयाँका आधारमा सेयर मूल्य समायोजन गरेको हो।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीकाे मंसिर १० गते बस्ने  वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीले पाउने छन् ।

दुई लघुवित्तको सेयर कारोबार फुकुवा Read Previous

दुई लघुवित्तको सेयर कारोबार फुकुवा

नागढुंगा-नौबिसे सुरुङमार्ग तोकिएकै समयमा पूरा नहुने, म्याद थप्न प्रस्ताव Read Next

नागढुंगा-नौबिसे सुरुङमार्ग तोकिएकै समयमा पूरा नहुने, म्याद थप्न प्रस्ताव