काठमाडौं । मर्जर प्रक्रियामा रहेका दुई लघुवित्त कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले साना किसान लघुवित्त र आएमडीसी लघुवित्तको साधरण सेयर कारोबार फुकुवा गरेको हो । ।
नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रियामा रहेका कम्पनीको सेयर बढीमा १५ दिन मात्रै रोक्का हुने व्यवस्था गरेसँगै मर्जर प्रक्रियामा रहेका यी दुई लघुवित्तको सेयर कारोबार फुकुवा भएको हो ।
संस्थापक सेयर भने कारोबार रोक्का नै कायम रहने छ । दुवै लघुवित्तले सेयर कारोबार फुकुवा गर्न सम्बन्धित निकायहरुलाई जानकारी गराएका छन् ।
सेयर कारोबार फुकुवा भएसँगै आज (बिहीबार)देखि दुवै लघुवित्तको सेयर कारोबारमा आउने छ । हाल साना किसान र आरएमडीसी लघुवित्त मर्जर प्रक्रियामा रहेका छन् ।
दुई लघुवित्तले गत भदौ अन्तिममा मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।