काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो अग्रता कायमै राखेका छन् । बिहीबार बिहान ७ बजेसम्मको मतगणना अनुसार रवि तेब्बर बढी मतले अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार रवि २८ हजार ३१२ मतले अघि छन् । रविले ४२ हजार २४१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले १३ हजार ९२९ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ३०८ मत पाएका छन्