६४ क्षेत्रको नतिजा सार्वजनिक : १० दलले खाता खोले, कुनले कति सिट जिते ?

काठमाडौं । मंसिर ४ गते भएको संघीय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ ।

प्रतिनिधि सभाअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ६४ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

बिहीबार बिहान ७ बजेसम्म सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेस २५, नेकपा एमाले १५, नेकपा माओवादी ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ४, एकीकृत समाजवादी ६ सिट जितेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त पार्टी २, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीले पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले समान १/१ सिटमा विजयी भएका छन् ।

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँट Read Previous

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँट

रवि लामिछाने तेब्बर मतले अगाडि Read Next

रवि लामिछाने तेब्बर मतले अगाडि