पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलय नक्सालमा बुधबार साँझ ४ बजे शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीको शेयरमा १२ लाख ७७ हजार ५९ जना योग्य आवेदकबाट एक अर्ब ३७ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ८५ हजार २२० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

बिक्री प्रबन्धकका अनुसार आवेदक मध्ये ५ लाख १५ हजार ७८८ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सेयर निष्कासन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

वित्तीय क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सातौं पटक सम्मानित Read Previous

वित्तीय क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सातौं पटक सम्मानित

६४ क्षेत्रको नतिजा सार्वजनिक : १० दलले खाता खोले, कुनले कति सिट जिते ? Read Next

६४ क्षेत्रको नतिजा सार्वजनिक : १० दलले खाता खोले, कुनले कति सिट जिते ?