नेप्सेमा लगातार गिरावट, २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । मंगलबार ७ अंकले घटेको नेप्से आज पनि उत्तिनै अंकले घटेको छ ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोडले घटेर १ अर्बमा सीमित भएको छ ।

बुधबार नेप्से ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा आइपुगेको छ । यसदिन २२३ कम्पनीको १ अर्ब २ करोड रुपैयाँ बढीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक र व्यापार समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै समान ०.७८ प्रतिशतले घटेको छ ।

आज पनि नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी ११ करोड र सिभिल बैंकको पौने ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सिभिल बैंकका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् भने घलेम्दी हाइड्रोको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

बम्पर लाभांश घोषणा गरेको रिडी पावरलाई नेप्सेले सोध्यो स्पष्टीकरण, सेयर कारोबार रोक्का Read Previous

बम्पर लाभांश घोषणा गरेको रिडी पावरलाई नेप्सेले सोध्यो स्पष्टीकरण, सेयर कारोबार रोक्का

व्यापार घाटा पौने ५ खर्ब, आयात–निर्यात दुवै घट्यो Read Next

व्यापार घाटा पौने ५ खर्ब, आयात–निर्यात दुवै घट्यो