बम्पर लाभांश घोषणा गरेको रिडी पावरलाई नेप्सेले सोध्यो स्पष्टीकरण, सेयर कारोबार रोक्का

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको रिडी पावर कम्पनीलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्पष्टीकरण सोधेको छ ।

कारोबार समयभित्रै संचालक समितिको बैठक बसेर लाभांश घोषणा गरी सेयर मूल्य प्रभावित पारेको भन्दै नेप्सेले रिडीलाई स्पष्टीकरण सोधेको हो ।

रिडीलाई ३ दिन भित्र स्पष्टीकरण बुझाउन नेप्सेले निर्देशन दिएको छ । साथै, नेप्सेले कम्पनीको सेयर कारोबार समेत रोक्का गरेको छ ।

रिडीले मंगलबार सेयर कारोबार भइरहेकै समय (बिहान ११ बजे) बोर्डको बैठक राखी गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत नगद गरी ४२.१० प्रतिशत लाभांश घोषणा गरेको थियो।

 

सुदूरपश्चिममा सहुलियत कर्जा ४० प्रतिशतले बढ्यो, कृषिमा १५ अर्ब लगानी Read Previous

सुदूरपश्चिममा सहुलियत कर्जा ४० प्रतिशतले बढ्यो, कृषिमा १५ अर्ब लगानी

नेप्सेमा लगातार गिरावट, २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार गिरावट, २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट