कात्तिकमा १८ बैंकको निक्षेप बढ्दा १४ को कर्जा घट्यो, कुनको कति ?

काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन सुस्त भएको छ । असोज महिनामा ६१ अर्ब ६४ करोड निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले कात्तिकमा जम्मा १६ अर्ब १९ करोड निक्षेप संकलन गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको बैंकहरूको निक्षेप कात्तिक मसान्त आइपुग्दा बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।

कात्तिकमा २६ वटा वाणिज्य बैंकहरू मध्ये १८ बैंकको निक्षेप बढेको छ भने ८ वटाको मात्र निक्षेप घटेको छ । यस महिना ग्लोबल आइएमई, सेञ्चुरी, माछापुच्छे, प्रभु, प्राइम, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट र एनसीसी बैंकको निक्षेप घटेको । जसमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ६७ करोड रुपैयाँ घटेको छ ।

कात्तिकमा सबैभन्दा धेरै निक्षेप संकलन सानिमा बैंकले गरेको छ । यस बैंकले ५ अर्ब ९० करोड निक्षेप बढाउन सफल भएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले पनि ५ अर्ब ६७ करोड निक्षेप बढाउन सफल भएको छ ।बैंकहरूको निक्षेप संकलन सुस्त भएसँगै कर्जा लगानी ठप्पप्राय: भएको छ । कात्तिक महिनामा बैंकहरूले जम्मा १ अर्ब २६ करोड मात्र कर्जा लगानी गरेका छन् ।

असोजमा बैंकहरूले ३० अर्ब कर्जा विस्तार गरेका थिए । भदौमा जम्मा १३ अर्ब ७५ करोड रुपैयाँ र साउनमा १ अर्ब ६९ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका थिए ।

असोज मसान्तसम्म कुल ४२ खर्र्ब २० अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कर्जा कात्तिक मसान्तमा ४२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

कात्तिकमा १२ बैंकले कर्जा लगानी बढाउन सफल भएका छन् भने १४ बैंकको घटेको छ । कात्तिकमा नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ३० करोड कर्जा लगानी गरेको छ । कात्तिकमा सिद्धार्थ बैंकको सबैभन्दा धेरै ३ अर्ब ४९ करोड कर्जा लगानी घटेको छ ।

 

कारोबार खुल्ने बित्तिकै सिभिल बैंकको सेयरमा पोजेटिभ सर्किट, किन्नेको ओइरो बेच्ने शून्य Read Previous

कारोबार खुल्ने बित्तिकै सिभिल बैंकको सेयरमा पोजेटिभ सर्किट, किन्नेको ओइरो बेच्ने शून्य

सुदूरपश्चिममा सहुलियत कर्जा ४० प्रतिशतले बढ्यो, कृषिमा १५ अर्ब लगानी Read Next

सुदूरपश्चिममा सहुलियत कर्जा ४० प्रतिशतले बढ्यो, कृषिमा १५ अर्ब लगानी