कारोबार खुल्ने बित्तिकै सिभिल बैंकको सेयरमा पोजेटिभ सर्किट, किन्नेको ओइरो बेच्ने शून्य

काठमाडौं । सिभिल बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । झन्डै ५ महिनापछि आजदेखि कारोबारमा आएको बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेकोे हो ।

२१७.२० रुपैयाँमा कारोबार खुलेको बैंकको सेयर मूल्य प्रतिकित्ता २१.३० रुपैयाँ अर्थात् ठ्याक्कै १० प्रतिशतले बढेर २३४.३ रुपैयाँ पुगेको छ ।

हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको सिभिलले सम्मानजनक स्वाप रेसियो पाएपछि लगानीकर्ता आकर्षित हुँदा सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । हिमालयनसँग सिभिल १००ः८१ सेयर अनुपातमा गाभिन लागेको हो ।

कारोबार खुलेको १५ मिनेट (११:१५ बजे)सम्म बैंकको १० हजार बढी कित्ता कारोबार भएको छ भने १ लाख २६ हजार बढी कित्ता खरिदका लागि माग भएको छ ।

बैंकको सर्वसाधरण सेयर कारोबार खुले पनि अझै प्रमोटर सेयर भने कारोबार रोक्का छ । हिमालयन र सिभिल बीच गत असार २२ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

नेशनल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नेशनल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

कात्तिकमा १८ बैंकको निक्षेप बढ्दा १४ को कर्जा घट्यो, कुनको कति ? Read Next

कात्तिकमा १८ बैंकको निक्षेप बढ्दा १४ को कर्जा घट्यो, कुनको कति ?