
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (मंसिर ८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले आर्थिक वर्ष गत २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभा लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सुरु हुनेछ।
कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।